ब्राउन सुगर सहित १ जना पक्राउ

मोेरङ ।
मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजारबाट प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका माझीको थप अनुसन्धान भइरहेको छ ।