आज बाला चतुर्दशी, शिव मन्दिरमा पितृको नाममा शतबीज छरिँदै

विराटचोकः आज बाला चतुर्दशी । आज दिवङ्गत पितृको नाममा शिव मन्दिरमा शतबीज छर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरका साथै देशका अन्य विभिन्न शिव मन्दिरमा शतबीज छर्ने गरिन्छ ।

शतबीजमा सय प्रकारको बीज छर्ने गरिन्छ । तर सय प्रकारको बीज नपाउँदा धान, गहुँ, मास, मुगी, कागुन र सामा लगायतको सप्तधान्ययुक्त शतबीज छर्ने चलन छ । सय प्रकारको बीज नपाउँदा कम्तीमा ७ प्रकारको बीज छर्ने प्रचलन रहेको छ ।