सवारी दुर्घटमा एक जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेत बाट मुगुका लागि छुटेको थियो लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर विहान करिव साढे ६ वजे दुर्घटना भएको थियो । दर्घटनामा मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए ।

ड्राइभर दलबहादुर बुढा हुन । उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । गाडीमा ५ जना यात्रु सवार थिए । अरु सकुशल रहेका छन् ।