हरिणको सिङ सहित एक जना पक्राउ

मोरङ ।
मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेवलाई हरिणको सिङ सहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।