बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर ।
बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् ।
विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर बाट खटीएको प्रहरी टोलिले गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका नगेन्द्रलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।
विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।