पानीमा डुवी १ जनाको मृत्यु

बिराटनगर ।
सुनसरीमा पानीमा डुवेर १ जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–२ का राम कुमार उरावको १४ बर्षीय छोरा आयुष उराव कोशी गाउँपालिका–३ स्थित सिंचाई नहरमा पौडी खेल्ने क्रममा पानीमा डुवी बेहोस भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।