लागुऔषध सहित २ जना पक्राउ

बिराटनगर ।
झापाको मेचीनगर–६ स्थित र मोरङको पथरी शनिश्चरे–२ स्थितबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसतासी–९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई चेकजाँच गर्दा उनको साथ बाट २ ग्राम ब्राउन सुगर बरामद गरेको हो
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे–२ का २७ बर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउन सुगर बरामद भए संगै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।