विराटनगर महानगरपालिकाको बजेट पारित

विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० का लागि विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट चालु आर्थिक वर्ष २०७८÷७९ को बजेट चार अर्ब ६० करोड ८१ लाख भन्दा १५ प्रतिशतले कम हो ।
नगरसभा वैठकलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरको आर्थिक अवस्था कमजोर भएकाले राजस्व संकलन १ अर्ब रुपैयाँ नकटाएसम्म सोचेंजस्तो विकास गर्न नसक्ने बताए ।