ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका –१३ रोड शेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारम का ४५ बर्षीय सनेन्दर राय रहेका छन् ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।
ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।