ब्राउनसुगर सहित एक जना पक्राउ

झापा ।
झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट प्रहरीले एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।