अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्री बरामद

बिराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–६ बाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । १ नम्वर प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले बिराटनगर–६ मा रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा (२३५० के.जि.), मटर ३२ बोरा (९६० के.जि.), छोकडा ५ बोरा (२५० के.जि.), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको समान बरामद गरेको हो ।
बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।