सिंघिया खोलामा पुरुषको शव फेला

सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो ।

खोलामा शव देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए ।