चट्याङले लागेर १ जनाको मृत्यु

उदयपुर, ।
उदयपुरको कटारी नगरपालिका(११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।