बेलबारीबाट ब्राउनसुगर सहित एक पक्राउ

मोरङको बेलवारी नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुढीगंगा गाउँपालिका–७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।