उदयपुरमा चट्याङ लागेर महिलाको मृत्यु

उदयपुरमा आइतवार बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।
आज आइतवार बिहान चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा पानी परिरहेको बेला चट्याङ लाग्दा बुढाथोकी घाइते हुनुभएको थियो । बुढाथोकीलाई उपचारका लागि कटारी अस्पतालमा पु¥याएलगत्तै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले जानकारी दिनुभयो ।