अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले हरायो

नेपालले पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा युगान्डालाई ३३ रनले पराजित गरेको छ । योसँगै पाँच महिला टि२० आई खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो ।