हलेसी तुवाचुङ नगरपालिका १ मा काँग्रेसको प्यानलनै विजयी

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्र राई विजयी भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा चुनिएका राई ४८८ मत ल्याएर पुनः दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका लालबहादुर राईलाई पछि पार्दै वडाध्यक्षमा बाजी मारेका हुन् । माओवादी केन्द्रका लालबहादुरले ४०६ मत पाएका छन् ।
वडा नम्बर १ मा रुद्रको प्यानल नै विजयी भएको छ । उनको प्यानलबाट डाकबहादुर कार्की, वीरधन राई, जोगमाया राई र सौमाया विक विजयी भएका छन् ।