सवारी दुर्घटनाबाट सुन्दरहरैचामा १ को मृत्यु

मोरङ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए ।
घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।