करेन्ट लागेर १ जनाको मृत्यु

भोजपुर ।
भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।