माछा मार्ने क्रममा डुबेर मृत्यु

झापा ।
झापाको भद्रपुर नगरपालिका–७ का ५५ बर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।