सवारी दुर्घटनाबाट बृद्धको मृत्यु

मोरङ, ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ–५ का ८१ बर्षीय मान बहादुर राईठक्कर दिदा घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।