ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

झापा ।
झापाको दमक नगरपालिका–४ जनचेतना टोलमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि.क. ट्याक्टरबाट लडेर घाईते भएका थिए ।
घाईते भएका बि.क.लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी–५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका–४ का दिपेन कुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।