५९ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

प्रहरीले स्रोत नखुलेको ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अहमदाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् ।

उनलाई विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।