लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चितगर्न इन्सेकको आग्रह

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिलाप्रहरी उर्मिलाश्रेष्ठको हत्याभएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना एवं निन्दा गरेको छ । इन्सेकले विज्ञप्ति मार्फत् नागरिकको बाँच्नपाउने अधिकार खोसिएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेको हो ।
प्रदेश संयोजक सोमराज थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा “लेटाङ नगरपालिका–५ खेरूवास्थितशिक्षाविकास माध्यमिकविद्यालयकी छात्रामाथि सोहीविद्यालयका ५६ वर्षीय शिक्षकमनोज पौडेलले यौन दुव्र्यवहार गरेको विषयबाट उत्पन्न घटना क्रमले सुरक्षाकानिम्ति खटिएकी राष्ट्र सेवकप्रहरी २६ वर्षीया उर्मिलाश्रेष्ठको हत्याभएको घटनाप्रति इन्सेक प्रदेश १, कार्यालय विराटनगरको गम्भीर ध्यानाकर्षण भएको छ । बाँच्नपाउने नागरिकको अधिकार खोसिएको प्रति इन्सेक भत्सनाएवम् निन्दाव्यक्तगर्दछ ।” उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको र दोषीलाई कारबाहीगर्न सम्मानीतअदालत रहेको उल्लेख छ । कानुनबमोजिम दोषीलाई कारबाही र पीडितलाई न्यायप्राप्तिको मागगर्नुपर्ने अवस्थामाविद्यालय परिसरमादङ्गा, हुलहुज्जत, भाँडभैलो र अवाच्छित गतिविधिभई व्यक्तिको हत्याभएको घटनामा इन्सेकले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ ।
घटनापछि विद्यालयबन्दहुँदाबालबालिकाको शिक्षाको अधिकार प्रत्यक्षखोसिएको विषयमा इन्सेक सबै पक्षको ध्यानआकृष्ट गराएको छ । इन्सेकद्धारा जारी विज्ञप्तिमा “घटनाको स्वतन्त्रएवम् निश्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारबाहीगर्न इन्सेक जोडदार मागगर्दछ ।” मानवअधिकार र मानवगरिमाको सम्मानगर्न इन्सेक विज्ञप्तिमार्फत् सबै पक्षसँगआग्रह गरेको छ ।