मोरङ काँग्रेसद्वारा १ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मोरङ । घर घर जाऔं–नेपाली कांग्रेस जिताऔ अभियान सफल पार्न मोरङ काँग्रेसले १ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । मोरङ जिल्लाको सबै १५९ वडामा अभियान संचालन गर्नका लागि बुधबार जिल्ला पार्टी कार्यलयमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
ःनेपाली कांग्रेस मोरङका पदाधिकारीहरु तथा सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश नं १ का पदाधिकारी तथा सदस्यहरु, सांसदहरु, क्षेत्रीय सभापतिहरू, प्रदेशसभाका सभापतिहरू, पालिका सभापतिहरू, भातृसंस्था÷शुभेक्च्छुक संस्थाका जिल्ला सभापतिहरू सहभागि रहेको तालिममा पुर्व केन्द्रिय सदस्य तथा माननीय सांसद मिनेन्द्र रिजाल, केन्द्रिय सदस्य डा.डिला संगौला र सुनसरी जिल्ला सचिव बिरेन्द्र शाहले प्रशिक्षण दिनुभएको थियो ।
चैत्र ६ गतेबाट सबै वडामा एकै दिन अभियान शुरु हुने मोरङ काँग्रेसले जनाएको छ ।
अभियान पालिका स्तरमा चैत्र १३ गते, प्रदेशसभा स्तरमा चैत्र १५ गते, क्षेत्रीय स्तरमा चैत्र १९ गते र जिल्ला स्तरमा चैत्र २४ गते सम्पन्न हुनेछ ।