२४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार सात सय ४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।