अन्तराष्टिय महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

बिराटचौकमा अन्तराष्टिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण, समानता र समावेशीकरण तथा राजनितिमा महिला सहभागिता सम्बन्धी अन्तरकृया कार्यक्रम भएको छ । ११२ औ अन्तराष्टिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला सशक्तिकरण, समानता र समावेशीकरण तथा राजनितिमा महिला सहभागितामा जोड दिएका थिए ।
बिराटचौकमा रहेको आइ एम ई लाईफ इन्सुरेन्सको सभा हलमा भएको कार्यक्रमको आयोजना मेची महाकाली बुहारी संयुक्त आवाजले गरेको हो ।