काभ्रेको पनौतीमाकेएमसीको निःशुल्क स्वास्थ्यशिविर, एघार सय बिरामीकोउपचार

काभ्रेको पनौतीनगरपालिका–६ नमोबुद्धरोडमा बिहीवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योतीमिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थापनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएकोहो ।
सहकारी संस्थाको भवनमागरिएको शिविरमा१११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९७जनाको रक्त परीक्षण, १२१ जनाको इसीजीर ९३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्याभएर शिविरमाआएका२३जनाको दाँतउखेलिएको छ भने शिविरमाउपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाकालागिअस्पताल रेफर गरिएको छ ।
डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्नजिल्लामापुगेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिरहेको छ ।यसबाट हजारौं बिरामीलाभान्वितभएका छन् ।