नुवाकोटमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्यशिविर

नुवाकोटमाबुधबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवाक्लव बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एकदिनेनिःशुल्कशिविर सञ्चालनगरिएको हो ।
भृकुटी माध्यमिकविद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्कउपचार गरिएको छ । शिविरमा२२१जनाको रक्त परीक्षण, १९८जनाको भिडियो एक्सरे, १७७जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँतउखेलिएको छ भने शिविरमाउपचार सम्भव नभएका४२जनाबिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको छ ।
केएमसीले सोमबार रसुवामानिःशुल्क स्वास्थ्यशिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।