रसुवामा केएमसीको निःशुल्क स्वास्थ्यशिविर, पहिलो दिन नौं सय बिरामीको उपचार

रसुवामासोमबारबाटनिःशुल्क स्वास्थ्यशिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगयागाउँपालिका खाल्टेको सहकार्यमाभुमेदेवीमाध्यमिकविद्यालय–३ ठूलो गाउँमादुई दिने शिविर आयोजनागरिएको हो ।
शिविरको पहिलो दिन ९६३ जना बिरामीको निःशुल्कउपचार गरिएको छ ।शिविरमा२११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे, १५४जनाको इसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्याभएर शिविरमाआएका २४जनाको दाँतउखेलिएको छ भने शिविरमाउपचार सम्भव नभएका३२ बिरामीलाई शल्यक्रियाकालागि अस्पताल रेफर गरिएको छ ।त्यस्तै पाँचजना बिरामीको सामान्यशल्यक्रियासमेत गरिएको छ ।
केएमसीले बिभिन्नजिल्लामापुगेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । डा.सुनिलशर्माले केएमसीअध्यक्षको जिम्मेवारी सम्हालेपछि गतबर्षदेखि निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको केएमसीले यसबीचमालाखौं बिरामीको निःशुल्कउपचार गरिसकेको छ ।