सुकेटार विमानस्थल पुनः सञ्चालनमा

सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

भारी हिमपात र प्रतिकूल मौसमका कारण विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।