एक हजार तीन सय ६९ जना कोरोनाका सङ्क्रमित थपिए

बिहिबार नेपालमा एक हजार तीन सय ६९ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । एन्टिजेन, आरडीटी र पीसीआर गरी ११ हजार आठ सय ८० जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ६९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 कोरोना भाइरस सङ्क्रमणका कारण १२ जनाको ज्यान गएको छ । थपिएकासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ६४ जना पुगेको जनाएको छ ।

यही अवधिमा दुई हजार दुई सय ३८ जना निको भएका छन् । अब नेपालमा २९ हजार चार जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।