शनिबार नेपालमा १ हजार ७ सय १४ जनामा कोरोना

शनिबार नेपालमा १ हजार  ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

आरडीटी, पीसीआर र एन्टिजेन  गरी ८ हजार  ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् ।
२४ घण्टामा  ४ हजार ७ सय ७१ जना  कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ९ जनाले  ज्यान गुमाएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।