पानीमा डुवेर बालकको मृत्यु

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका-७ नहरमा ३ बर्षीय वालकको डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन ।

त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेका अधिकारीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।