लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी ।

सुनसरीको दुहबी नगरपालिका ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल के.सी. रहेका छन ।

सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुलाई लागुऔषध Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ