एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले लगाए पूर्ण मात्रा खोप

नेपालमा एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जनाले पूर्ण मात्रा खोप लगाएका छन । बिहिबार पाँच लाख ५४ हजार पाँच सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार तीन सय ९० पुगेको हो ।
योसहित नेपालमा खोपको तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा लगाइएको छ । जसमध्ये एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।