प्रदेश १ मा ११३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा २–२, पाँचथर, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो ।
मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३–३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा १–१, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा ६, हरिनगरमा ३, बराहक्षेत्र र बर्जुमा २–२, गढी र रामधुनीमा १–१, झापाको विर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाहृदशी र कमल गाउँपालिकामा ४–४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेका २–२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, संखुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा १–१, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रमणमुक्त हुनेमा ३६ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २०४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।