बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ

विराटनगर ।

बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् ।

प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई आज सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।