करेन्ट लाग्दा प्राविधिकको ज्यान गयो

सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर शुक्रवार एक जना प्राविधिकको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।