२४ घण्टामा ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् ।