नेपाल शिक्षक संघ स्थानिय कार्य समिति बेलबारीको दोस्रो अधिवेसन सम्पन्न

नेपाल शिक्षक संघ स्थानिय कार्य समिति बेलबारीको दोस्रो अधिवेसन सम्पन्न भएको छ । काली माध्यमिक विद्यालय बेलबारी ९ डाँगीहाटमा सनिबार अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनले अध्यक्षमा बिद्यालक्ष्मी न्यौपाने सहित सर्बसम्मत २८ सदस्यीय समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा भुवन कार्की र अनिता ढकाल, सचिबमा रन्जित खवास लगायत चयन भएको निर्बाचन समिती संयोजक तुलशिराम खरेलले जानकारी दिए ।
भुवन कार्कीले कार्यक्रम सन्चालन गरेका थिए ।