२४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना सङ्क्रमण

गएको २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।