बसको ठक्करबाट २ जनाको मृत्यू

सुनसरी ।

सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन ।

 हिजो राती साढे ७ बजे धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशा तर्फ जादै गरेको को. २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यू भएको हो ।

ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।