७५ क्युफिट सालको लकडी सहित लेटाङ ३ बुधबारेबाट ५ पक्राउ

बेलबारी ।
लेटाङ ३ बुधबारेबाट पुरानो घरमा प्रयोग भएको सालको लकडी सहित ५ जना पक्राउ परेका छन । को १ ख ५४७७ नंबरको ट्रकमा लोड गरिएको ७५ क्युफिट सालको लकडी सहित ५ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा केराबारी ४ का डम्बर बिश्कर्मा, केराबारी ७ का सन्देश सुन्दास, दुहबी ९ का मोहम्मद हुदिन, कादिर हुसेन र दुहबी ८ का हसिन हुसेन रहेका छन ।
सब डिभिजन कार्यलय लेटाङ र बेलबारीको टोलिले सालको लकडी सहित सोमबार बिहान ३ बजे उनिहरुलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान भइरहेको सब डिभिजन कार्यलय बेलबारीका प्रमुख दिपेस मिश्रले जानकारी दिए ।