श्रमदानमा ब्यस्त मन्त्री कार्की

मन्त्रीले के गर्छन् ? भनेर तपाँईलाई कसैले प्रश्न गर्यो भने सहजै जवाफ आउछ । काम गर्दैनन झुटो बोल्छन । तर प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कर्कीको हकमा त्यो जवाफ गलत सावित हुन्छ । मन्त्री कार्की काम गर्छन । झुटो बोल्दैनन । जनतालाई नचाहिदो आश्वासन दिदैनन । मन्त्री कार्की शुक्रबार बिहानै देखि विराटनगर १२ मा अवस्थित सम्पन्न वस्तीमा आफै भाटा खुर्कीने र टिन ठोक्ने काममा व्यस्त थिए । उनि बिहान ९ बजे त्याँहा पुगेका थिए । उनको आगुवाईमा निर्माण भईरहेको नमुना वस्ती बनाउन उनि कम्मर कसेर काम गरिरहेका थिए । उनि शुक्रबार ९ बजे देखि बेलुका ४ बजे सम्म ७ घण्टा मजदुरले खटेजसरी नै श्रमदान गरिरहेका थिए । मन्त्री कार्कीको साथमा पार्टीको नेता कार्यकता समेत काम गरिरहेका थिए । महानगर आवास योजना मार्फत मन्त्री कार्कीकै पहलमा १ सय ४५ आवास योजना निर्माणको काम धमाधम भईरहेको छ । सो क्षेत्रमा बसोबास गर्ने १ सय ४५ परिवारलाई घर निर्माण गरेर हस्तान्त्रण गरिने छ । हरेक मानि आफ्नो जन्मदिनमा केक काट्ने उत्सव मनाउने गर्छन । तर मन्त्री कार्कीले जन्मदिनको प्रवाह समेत नगर्री बस्ती निर्माणमा मजदुरहरुसंग श्रमदानको काम गरिरहेका थिए । मन्त्री कार्की किशानका छोरा हुन । उनको परिवार सुनसरीको मधेशामा खेति गर्थे ।

janatakoaawaj.com बाट