ए डिभिजन लिग : थ्री स्टारले जवलाखेललाई हरायो

जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

थ्री स्टारलाई जावलाखेलविरुद्ध जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए । जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले गोल गरेका थिए ।

जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत छ ।