ब्राउन सुगर सहित १ जना पक्राउ

झापा

झापाको दमक नगरपालिका-९ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन ।

इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।