चोरीमा संलग्न २ जना पक्राउ

सुनसरी, ।

सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन ।

पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको CPU ३ थान, LCD ३ थान, प्रोजेटर मिसिन १ थान र पानी तान्ने मोटर  २ थान चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरेको हो । दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरेका थिए ।

बरामद भएको समान सहित चोरीमा समलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।