बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर ।

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान-१३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.४,५०,७६६।०६६/- (चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैया) जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको छ ।