दुई सय ९० जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा दुई सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नै हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार तीन सय ८७ जना पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ७७ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।